रामेछापमा फेरि गाडी दुर्घटना, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो



राजन महतारा क्षेत्री
२२ फागुन, रामेछाप । रामेछाप जिल्लामा फेरि गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका–६ धमिनीछापमा गाडी दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम मन्थलीबाट रामेछापको हिमगंगातर्फ हिँडेको बा २० च ७२२७ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा रामेछाप नगरपालिका–४ हिमगंगाकी मञ्जु मगर,गाडी धनी रत्न नेवार र सुर्य नेवार रहेका छन् । सडकबाट गाडी करिब ३० मिटर तल खसेको छ ।
घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । घाइतेहरु तीनै जनालाई जिल्ला अस्पताल रामेछापमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्