मन्थली नगरपालिकामा ७ महिनामा २४ प्रतिशत मात्र विकास खर्च



२२ फागुन, रामेछाप ।
मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको विकास बजेटको सात महिनाको अवधिमा २४ प्रतिशत मात्रै खर्च गरेको छ । चौथो नगर सभामा नगर प्रमुख रमेश बस्नेतले प्रस्तुत गरेको खर्च विवरणमा चालु आर्थिक वर्षको पुँजितग वार्षिक बजेट कुल २८ करोड ८२ लाख १९ हजार रुपैयाँ रहेको र त्यस मध्ये १३ करोड ४७ लाख २३ हजार रुपैयाँ निकास भै सकेको उल्लेख छ ।

त्यस्तै नगरपालिकाको चालु आर्थिक वर्षका ३ सय ९५ ओटा योजनामा १ सय ६९ ओटा योजनाहरु अझै पनि सम्झौता भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्