रामेछाप नगरपालिकामा बन्यो भवन जनप्रतिनिधिले गरे पुजा
२२ फागुन, रामेछाप ।
रामेछाप नगरपालिकाको नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनबाट सेवा पनि सुरु भएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको तल्लो बजारमा निर्माण भएको नगरपालिकाको नवनिर्मित भवनको नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले उदघान गरे ।
१ करोड ९० लाख ९९ हजार ९ सय ४१ रुपैयाँ कुल लागतमा भवन निर्माण भएको हो । भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नगरप्रमुख नरबहादुर थापा मगरेले सेवाग्राहीलाई निकै सहज भएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख सिर्जना खड्का, वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायतले पुजा गरी नयाँ भवनको उद्घाटन गरेका थिए ।