सुनापती गाउँपालिकाले मनायो दोस्रो स्थापना दिवस, ब्याटमिन्टन प्रतियोगीतामा निरौला र बिक प्रथम



२७ फागुन, रामेछाप ।
सुनापती गाउँपालिकाले दोस्रो स्थापना दिवस मनाएको छ । सुनापती गाउँपालिकाको केन्द्र हिलदेवीमा सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

दोस्रो बर्ष प्रवेश गरेको अवसरमा गाउँपालिकाद्धारा आयोजित पुरुष डबल ब्यागमिन्टन प्रतियोगीता तथा सुनापति गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

ब्यागमिन्टन प्रतियोगीतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, लेखापाल बमबहादुर बिक प्रथम, विशाल योञ्जन,धु्रव बुढाथोकी द्धितिय, तेज तामाङ, राजु राउत तृतिय भएका छन् ।

खेलकुद प्रतियोगीतामा विजयी टिमलाई प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्टले ट्रफी, मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । मैत्रीपूर्ण फुटबल प्रतियोगीता भने ४÷४ गोल भएपछि बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्