सुनापती गाउँपालिकाका पूर्व जनप्रतिनिधि सम्मानित



२७ फागुन, रामेछाप ।
सुनापती गाउँपालिकाले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गाउँपालिका स्थापना दोस्रो बर्ष प्रवेश गरेको अवसरमा साविक पाँच वटा गाविस (हाल वडा) का पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुलाई सम्मान गरिएको हो ।


सुनापती गाउँपालिका–१ गुन्सी साविक गुन्सी गाविसका पूर्व लिलाबहादुर क्षेत्री, उपाध्यक्ष सोमप्रसाद सापकोटा, सुनापती गाउँपालिका–२ दिमीपोखरी साविक दिमीपोखरी गाविसका पूर्व अध्यक्ष ज्ञानकुमार योञ्जन, उपाध्यक्ष, मेघबहादुर थापामगर, सुनापती गाउँपालिका–३ हिलेदेवी, साविक हिलेदेवी गाविसका पूर्व अध्यक्ष सुरेन्द्र घिसिङ, हुकुमबहादुर खड्का, सुनापती गाउँपालिका–४ बेथान, साविक बेथान गाविसका पूर्व अध्यक्ष रामकृष्ण घिसिङ, उपाध्यक्ष सुरासिंह लामा, सुनापती गाउँपालिका–५ खनियापानी, साविक खनियापानी गाविसका पूर्व अध्यक्ष रामकृष्ण लामा र उपाध्यक्ष चन्द्रबहादुर मानन्धर सम्मानित भएका छन् ।


प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ, गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष, गिता विष्ट लगायतले पूर्व जनप्रतिनिधिहरुलाई प्रमाणपत्र दौसला र टोपी लगाएर सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्