रामेछापमा सवारी दुर्घटनाः घाइते वडा सदस्य ढुंगेलको घुडाको शल्यक्रिया गरियो



२७ फागुन, काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका– २ बान्द्रेमा मोटरसाइकल र सुमो एक आपसमा ठोक्किदाँ घाइते भएका मन्थली नगरपालिका–८ का वडा सदस्य कुमार ढुंगेलको घुडाको शल्यक्रिया गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएको ढुंगेललाई आइतवार मन्थलीबाट ग्राण्डि अस्पताल ल्याइएको थियो ।

नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले घाइते ढुंगेलको अवस्थामा सुधार भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘दायाँ घुडाको अप्रेसन गरिएको छ, स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् ।’
आइतबार मन्थलीबाट बाम्तीतर्फ जाँदै गरेको ना १ ज ४५४४ नम्बरको सुमो र विपरीत दिशाबाट आइरहेको बा ७४ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ढुंगेल र खाँडादेबी गाउँपालिका–८ का पुर्ण बहादुर भण्डारी घाइते भएका थिए । घाइते भण्डारीको अवस्था भने सामान्य रहेको छ । रामेछापमा पछिल्लो समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्