विप्लव समुहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा



२८, फागुन, काठमाडौं ।
देशव्यापी रुपमा बम पटकाउने श्रंखलालाई निरन्तरता दिएको भन्दै सरकारले सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।


मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको एक मन्त्रीले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार सरकारले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्