रामेछापमा दुर्घटना घटाउन धमाधम चालकको आँखा जाँच



२८ फागुन, रामेछाप ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पछिल्लो समयमा सवारी दुघटनालाई न्यूनिकरण गर्न ट्राफिक नियमलाई कार्यन्वयनमा ल्याउन विषेश सक्रियता देखएको छ । कार्यालयले जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना बढदै गएपछि दुर्घटना न्युनिकरण गर्न सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको हो ।


शुक्रबार देखि मंगलबार सम्म सदरमुकमा मन्थली हुँदै जिल्ला तथा जिल्ला बाहिरा जाने सवारी साधनका चालक र सहचालकको डाक्टरहरुले स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बताएको छ । सवारी चालकलाको स्वास्थ्य परिक्षण गर्दा चालकको स्वास्थ्यको बारेमा सम्पूर्ण कुरा थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख कुशहरी भण्डारीले बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सवारी दुर्घटना कम गराउन यात्रु र सवारीचालकको महत्वपूर्ण भूमिका भएकोले उनिहरु बढी सचेत हुनु पर्ने बताए ।

पाँच दिन सम्म चलेको स्वास्थ्य परिक्षण समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सवारी दुर्घटनालाई कम गर्नको लागि नगरपालिका ट्राफिक प्रहरीसँग समन्वय गरेर काम गर्न तयार रहेको बताए ।


रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोश कुमार भट्टराईले सवारी दुर्घटना कम गर्न चालकहरुले विशेष ध्यान दिनु पर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले यात्रु, स्थानीय सरकार र सरोकारवालाले ट्राफिक नियम उलंघन भएको पाइएमा आफूहरुलाई खबर खर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्