कुलमान घिसिङलाई अमेरिकामा अवार्ड



२९ फागुन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा भव्य स्वागतको साथै अवार्ड प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले घिसिङलाई स्वागत गर्नुको साथै अवार्ड समेत दिएका हुन् ।
अध्याँरोमा रहेको देशलाई उज्यालो बनाएको भन्दै अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले घिसिङले गरेको कामको उच्च प्रशसा गरेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आगामी दिनमा उज्यालो अभियानको कामलाई निरन्तरता दिने पनि सुझाव दिएका छन् ।


अमेरिका भ्रमणमा रहेको क्रममा रहेका घिसिङको सम्मानमा आज अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा संयुक्त रुपमा आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले जलविद्युतमा सबैले लगानी गर्न सक्ने बताए । उनले जलविद्युत क्षेत्रको विकास गर्नको लागि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म कार्यालयमा नै रहेर काम गर्ने गरेको बताए ।

घिसिङले भने,‘अहिले बिजुली मात्र बलिरहेको छ, अझै पनि देशभित्र बिजुलीको माग ठूलो छ, अबको चार बर्षपछि बिजुली बल्न सबै नेपालीहरको घरमा बिजुली बल्छ ।’ विद्युत उत्पादन गर्ने भन्दै हालसम्म तीस हजारले लाइसेन्स लिएर झोलामा खोला राख्ने प्रवृत्ति गलत भएको बताउदै उनले प्राधिकरणसँग भएको पिपिए अनुसार काम नहुने कम्पनी स्वतः खारेज हुने बताए ।

काम नगर्नले लाइसेन्स होल्ड गर्नु हुँदैन, समयमा नै काम सम्पन्न गर्नुपर्छ, घिसिङले भने । देशभर कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको उल्लेख गर्दै उनले सामुदाय मार्फत विद्युतीकरण भएको ठाउँमा केही प्राविधिक समस्याले बिजुली जाने गरेको स्पष्ट पारे । नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत एक हजार मेगावाटसम्मको जलविद्युत आयोजनामा लगानी जुटाउने गरी गृहकार्य भइरहेको बताउदै उनले विद्युतको कारण हुने दुर्घटनालाई न्युनिकरणको लागि काम भइरहेको बताए ।

दुर्घटना न्युनिकरण गर्न काठमाडौमा अन्डरग्राउण्ड मार्फत विद्युतीकरणको काम अगाडि बढेको छ, घिसिङले भने । विद्युतको कारण हुने दुर्घटनाबाट घाइते भएकाहरुको उपचार गर्न बार्षिक १२ करोड भन्दा बढी खर्च हुने गरेको जानकारी दिदै जनचेतनाको अभावको कारणले पनि दुर्घटना हुने गरेको बताए ।
‘बंगलादेशले २०४० सम्म ९ हजार मेगावाट विद्युत ल्याउने तय गरेको छ’,उनले भने,‘जलविद्युतमा लगानी सुरक्षित छ ।’ उनले दुई बर्षमा दस लाख ग्राहक बढेको बताउदै माग भए अनुसारको बिजुली उपलब्ध गराइएको बताए । तपाई हटेपछि पनि अहिलेको अभियानले निरन्तरता पाउछ कि पाउदैन भन्ने सहभागीको प्रश्नको जफाव दिदै घिसिङले भने,‘म हटेपछि दुई घण्टा मात्र लोडसेडि भयो भन्ने के होला ?’

लस एन्जलसमा एनअरएन क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज, मधेसी एशोसियसन क्यालिफार्निया च्याप्टर र तामाङ सोसाइटी अफ लस एन्जलस, क्यालिफार्नियाको च्याप्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा घिसिङलाई अवार्ड मार्फत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्