रामेछापको मन्थली माविमा जिल्लाकै धेरै विद्यार्थी



२९ फागुन, रामेछाप ।
गुणस्तरीय शिक्षा प्रदान गरेर मन्थली माविले निजी विद्यालयप्रतिको मोह घटाइदिएको छ । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको मोह बढदै गएको हो । रात दिन मेहनत गरेर विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएर विद्यार्थी र अभिभावको मन जित्न सफल भएको छ ।

कक्षा १ देखि कक्षा १० सम्म मात्रै हाल एघार सय विद्यार्थी अध्ययनरत रहेको शिक्षक चन्द्र सिंह धामीले बताए । उनका अनुसार कक्षा १२ र क्याम्पसमा गरी विद्यालयमा १६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयल व्यवस्थापन समिति र शिक्षकहरुले शिक्षाको गुणस्तरको साथै विद्यालयको भौतिक संरचना निर्माण पनि ध्यान दिएको छन् ।

अभिभावको चासो, शिक्षकहरुको लगनशिलता र विद्यार्थीको मेहनतकै कारण राम्रो परिणाम निकाल्न सफल भएको मन्थली माविका प्रअ टंक प्रसाद दाहाल बताउछन् । उनले आगामी दिनमा अझै राम्रो नतिजा ल्याउनको लागि मेहनत गरिरहेको बताए । प्रअ दाहालले रामेछाप न्युजसँग भने,‘शिक्षाको गुणस्तर राम्रो बनाउन दृढ इच्छा शक्ति र त्यसलाई कार्यान्वयन गर्ने अठोट चाहिन्छ ।’
एईई परीक्षामा पनि मन्थली मावि जिल्लाकै धेरै विद्यार्थी हुने विद्यालयको रुपमा परेको छ । जिल्लाको ८ वटा स्थानीय तहमा रहेको ९२ वटा मावि मध्य मन्थली माविमा सबै भन्दा धेरै १ सय १७ जना विद्यार्थीले यस बर्ष एईई परीक्षामा सहभागी हुँदैछन् ।

शिक्षक धामीले रामेछाप न्युजसँग भने,‘मेहनत राम्रो गरेको छौ, यस बर्ष पनि जिल्लाकै उत्कृष्ट नजिता ल्याउछौ भन्ने विश्वास छ ।’ यद्यपी विगतको बर्ष भन्दा यस बर्ष मन्थली माविबाट एईई परीक्षा दिने विद्यार्थीको सख्या कम रहेको विद्यालयले बताएको छ ।

एईई परीक्षामा धेरै विद्यार्थी हुने मन्थली मावि रहेको छ भने सबै भन्दा कम विद्यार्थी हुने विद्यालय कृष्ण मावि हिलेदेवी रहेको छ । उक्त विद्यालयमा यस बर्ष सात जना विद्यार्थीले मात्र एईई परीक्षा दिदै छन् । सरकारले सामुदायिक विद्यालयहरुमा करोडौ लगानी गरेपनि केही विद्यालय बाहेक अन्य विद्यालयमा भने शिक्षाको गुणस्तर सुधार हुन सकेको छैन् ।

शिक्षकहरुमा राजनीतिको मोह, अभिभावको वेवास्था र विद्यार्थीमा बढदै गएको सामाजिक सञ्जालप्रतिको मोहको कारण अपेक्षाकृत रुपमा परिणाम ल्याउन सामुदायिक विद्यालयहरु असफल हुँदै आएका छन् । सामुदायिक विद्यालयप्रति अभिभावको मोह घटिरहेको बेला मन्थली माविले भने इच्छा शक्ति हुने हो भने सामुदायिक विद्यालयमा पनि राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्