शिक्षामा सुधार ल्याउन खाँडादेवी गाउँपालिकाले ल्यायो कडा नियम



३० फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि कडा नीति लिएको छ । गाउँपालिकाद्धारा शैक्षिक सुशासन र गुणस्तर सुधार कार्याशालाले ‘खुसी शिक्षक, लगनशिल विद्यार्थी र सचेत अििभभावः गणस्तरीय शिक्षाको आधार’ सहितको २४ बुँदे घोषणापत्र जारी गरेको छ ।
प्रत्येक विद्यालले आफ्नो सेवा क्षेत्रभित्रका बालबालिकालाई घरदैलो गर्दा विद्यालयमा ल्याउने, वैशाख १० गतेभित्र विद्यार्थी भर्ना अभियान सम्पन्न गर्ने घोषणापत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले रामेछाप न्युजलाई बताए ।

वडागत रुपमा सतप्रतिशत बालबालिकाहरु विद्यालयभित्र हरेको घोषणा गर्दै गाउँपालिकालाई सतप्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भएको गाउँपालिकाले घोषणा गर्ने भएको छ ।
त्यैगरी अपाङ्गगता भएका, विपन्न तथा असाहय बालबालिकाहरुलाई कक्षा १२ सम्म निशुल्क शिक्षाको सुनिश्चि गर्न आवश्यक व्यवस्था मिलाउने तयारी गाउँपालिकाले अगाडि बढाउने भएको छ ।
एक विद्याालय एक उद्यम अभियान सम्पूर्ण विद्यालयहरुमा स्थानीय सम्भावनाको आधारमा सञ्चालन गर्दै लाने र हाललाई वडागत नेतृत्व गर्ने ९ वटा विद्यालयबाट सुरु गर्ने भएको छ ।
शिक्षक विद्यार्थीहरुको सहभागीतमा नियमित रुपमा विद्यालय हाता र शौचालय सरसफाई गर्ने र विद्यालयको खाली जमिनमा अनिवार्य रुपमा वृक्षारोपण गर्ने, प्रत्येक विद्यालहरुले दुई प्रकारका डस्बिनको अनिवार्य व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

विद्यार्थी हाजिर नियमित गराउन, शतप्रतिशत वा सबै भन्दा बढी उपस्थित हुने विद्यार्थी र निजका अभिावकलाई सम्मानित र पुरस्कृत गर्ने, कक्षागत र तहगत रुपमा अभिभावक शिक्षा तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष तामाङले बताए ।

गाउँपालिकाबाट जारी गरिएकाे २४ बुँदे घाेषणापत्र

प्रतिक्रिया दिनुहोस्