राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलद्धारा बालुवा उद्योगको उदघाटन



१ चैत्र, रामेछाप ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य माधव ढुंगेलले बालुवा प्रशोधन उद्योगको उदघाटन गरेका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका स्थानीय युवाहरुको लगानीमा निर्माण भएको वालुवा प्रशोधन उद्योगको ढुंगेलले उदघाटन गरेका छन् ।


स्थानीय रामकुमार श्रेष्ठ र रुद्र श्रेष्ठको नाममा दर्ता भएको विश्वमित्र बालुवा प्रशोधन उद्योग प्रालिको उदघाटन गर्दै उपाध्यक्ष ढुंगेलले उद्योगले रोजगारी सृजना गर्ने विश्वास व्यक्त गरे ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित बेलघारीमा सञ्चालनमा आएको बालुवा उद्योगमा स्थानीय तीन समय भन्दा बढी युवाहरुले लगानी गरेका छन् ।

उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । खाँडादेवी गाउँपालिकास्थित सुनकोसी नदी किनारामा सञ्चालनमा आएको यो दोस्रो बालुवा प्रशोधन उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्