रामेछापमा जन्मिएका शहीद गंगालालको भोली जन्मशताब्दी मनाइदै



स्नेहा सिलवाल

२ चैत्र, काठमाडौं । रामेछाप जिल्लाको भंगरीमा जन्मिएका शहीद गंगालाल श्रेष्ठको जन्मशताब्दी दिवस मनाई भएको छ । ‘शहीद गंगालाल प्रजातान्त्रिक आन्दोलको सान, जन्मस्थान भँगेरी रामेछापको पहिचान’ भन्ने नाराको साथ जन्मशताब्दी दिवस मनाउन लागिएको हो ।
शहीद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समितिद्धारा आयोजित कार्यक्रममा नेकपा रामेछाप, रामेछाप–काठमाडौं सम्पर्क मञ्च, रामेछाप–काठमाडौं संघीय जनसम्पर्क मञ्चले पनि भोली हुने कार्यक्रममा सहभागीता जनाउने भएको छन् ।


कार्यक्रमलाई सफल बनाउनको लागि नेकपा रामेछापका नेताहरुको पूर्व तयारी बैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलको कार्यक्रममा शहीद गंगालाल श्रेष्ठको जन्मशताब्दी सफल बनाउने निर्णय गरेको छ । ‘कार्यक्रमलाई सफल बनाउने निर्णय गरेका छौ’,नेता पौडेलले रामेछाप न्युजसँग भने,‘शोभा भगवतीमा माल्यापर्ण र बसन्तपुरमा सभा हुनेछ ।’

शहीद गंगालालको सहादत प्राप्त भएको स्थानमा माल्यापर्ण गरिने र बसन्तपुरमा हुने सभालाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाका सांसद एवं नेकपाका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई लगायतको सहभागीता रहेको थियो ।


को हुन शहीद गंगालाल श्रेष्ठ ?
गंगालाल श्रेष्ठ राणा शासन विरुद्ध लडेर आफ्नो जीवनको बलिदान दिएका चार शहिद मध्ये एक हुन् । उनको जन्म वि.सं. १९७५ सालमा रामेछापको भंगरीमा भएको थियो ।
बुबा भक्तलाल श्रेष्ठ र आमा तुलसीमाया श्रेष्ठका छोराको रुपमा रामेछाप जिल्लाको रामेछापस्थित भँगेरी भन्ने ठाउँमा भएको थियो । कोलकातामा तीन बर्ष अध्ययन गरेर फर्किएका श्रेष्ठले वि.सं. १९९४मा दरवार हाई स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरे र त्रिचन्द्र कलेजमा आइएस्सी पढेका थियो ।


गंगालाल आइएस्सी पढदा नै कलाकार तथा महावीर संस्थाका कार्यकर्ता थिए । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरु हुन्थे । राणा सरकारले गंगालालालाई शुक्रराजको सभामा राणा शासनको विरुद्ध बोले बापत पक्राउ गरेको थियो । तर त्यतिबेला उनी छुटेका थिए । त्यसपछि उनले दशरथ चन्दको संगतबाट प्रजापरिषद्को सदस्यता लिएर राणा शासन विरोधी गतिविधिमा सक्रिय भएर लागेका थिए ।

प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कातिक २ गते उनलाई राणा सरकारले पुनः पक्राउ गरेको थियो । त्यसपति उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घर छेउको बाटाबाटै लगि विष्णुमतिको बगरमा रहेको शोभा भगवतीमा झुण्ड्याएर गोली हानी मृत्युदण्ड दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्