रामेछापको बेतालीमा बस्नेत वेपत्ता, खोजी गर्न प्रहरी सहित तीन सय खटिए



२ चैत्र, रामेछाप ।
रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेतालीका युवा बाबुराम वस्नेत फागनु २६ गतेबाट वेपत्ता भएका छन् । उक्त दिन राती ११ बजेबाट सम्पर्कविहीन भएका बस्नेतको खोजी गरेपनि अझै पत्ता लाग्न सकेको छैन् । राती बेपत्ता भएदेखि नै परिवारजन, आफन्त र प्रहरीले खोजी कार्य गरेपनि वस्नेतको अवस्था अज्ञात गरेको छ ।


गाउँमा नै ट्राउट माछा पालन व्यवसाय गर्दै आएका बस्नेत हराएपछि गाउँ आसपासको क्षेत्रमा स्थानीयवासी र प्रहरीले खोजी गरिसकेको छ । तर पत्ता लाग्न सकेको छैन्। परिवारले आफन्तहरुसँग सम्पर्क गर्दा पनि वस्नेतको अवस्थामा कुनै पत्तो नलागेको नेकपाका जिल्ला नेता प्रेम कुमार कार्कीले रामेछाप न्युजलाई बताए । परिवारले वस्नेत हराएपछि खोजी गरिदिनको लागि प्रहरीलाई जानकारी गराएको थियो । खबर प्राप्त गरे लगत्तै प्रहरीले पनि निरन्तर वस्नेतको खोजीलाई तीब्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले वेपत्ता भएका वस्नेतको खोजी कार्य जारी रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘वस्नेत हराएको खबर प्राप्त गरे लगत्तै हामीले टोली परिचालन गरेर खोजी गरिरहेको छौ, किर्णेटारसम्म फोनको लोकेसन देखिन्छ, त्यसपछि उनको मोबाइल अफ हुँदा पत्ता लगाउन कठिनाई भएको छ ।’ वेपत्ता भएको बस्नेतको खोजीको लागि स्थानीयवासी र प्रहरी गरेर करिब तीन सय भन्दा बढी परिचालन गरेर खोज्ने काम भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्