रामेछापमा ट्राफिक प्रहरीको सक्रियता



राजन महतारा क्षेत्री

२ चैत्र, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी दुर्घटना हुने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सक्रियता देखाएको छ । सवारी साधनको नियमित अनुगमनको साथै नियम विपरीत सवारी साधनमा राखिएको सामाग्री समेत हटाउने अभियान अगाडि बढाएको हो ।

बस, ट्रक लगायतका सवारी साधनमा सजावटका लागि राखिएका सामग्री हटाउने अभियान पहिले देखि नै सुरु गरिएको भएपनि चैत्र १ दखि तिव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख कुशहरि भन्डारीले रामेछाप न्युजलाई बताए ।

बस ट्रक लगाएतका सवारी साधनमा राखिएका झलर, स्ट्रिकर, लेस लगायतका सजावटका सामाग्री हटाईएको छ । सजावटका सामाग्रीका कारण दुर्घटना हुन सक्ने सम्भावना भएकोले उक्त सामाग्रीहरु हटाउन सुरु गरिएकोे प्रमुख भण्डारीले बताए ।

सवारी साधनमा राखिएका सजावटका सामाग्री हटाउनाले दुर्घटना न्यूनिकरण हुने बताउदै उनले जिल्लामा सञ्चालन हुने गाडीको सजावटका सामाग्रीहरु नहटेसम्म यो अभियानलाई तिव्रता दिने बताए । कार्यालयले मन्थली र सेलेघाटमा उक्त अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्