गाउँगाउँमा विकासको लहर चलेको छः मन्त्री ढुंगेल



२ चैत्र, सिन्धुली । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले गाउँदेखि शहरसम्म विकासको लहर चलेको बताएका छन् । उनले सरकारले राम्रो काम गरेको बताउदै विकास निर्माणको कामले गति लिएको बताएका हुन् ।
मन्त्री ढुंगेलले जल, जमिन र जङ्गल प्रदेशको समृद्धिको आधार रहेको बताउदै कृषि क्षेत्रलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबसमा सिन्धुली हेभी इक्वीपमेन्टको दोस्रो साधारणसभाको शनिवारउद्घाटन गदै मन्त्री ढुङ्गेलले भूमिको व्यवस्थापन, पानीको सही सदुपयोग र जङ्गलको व्यवस्थापन र प्रयोग नै समृद्धिको आधार भएको बताए ।

कृषिलाई व्यवसायीकरण गर्न प्रदेश सरकारले जमिनमा लगानी गरेको र कृषिमा प्रदेश सरकारले आवश्यक बजेट छुट्याएको उनले बताए । अर्थमन्त्री ढुङ्गेलले प्रदेशमा रहेका पर्यटकीयस्थलको विकास गर्न प्रदेश सरकार क्रियाशील रहेको छ, उनले भने ।

विगतको तुलनामा गाउँदेखि शहरसम्म विकासको लहर चलेको र धेरै बजेट गाउँगाउँसम्म पुगेको बताउदै उनले भने,‘ गाउँगाउँमा अहिले प्रदेश सरकारले बजेट छुट्याएको, विकास निर्माणको लहर चलेको छ ।’ कृषि, जमीन, जङ्गल, पानी, सडक तथा पर्यटन क्षेत्रको विकास र विस्तारबिना समृद्धि नआउने भएकाले त्यही अनुरुप प्रदेश सरकारले अभियान बनाएको बताउदै सोही अभियानमा लाग्ने उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्