कांग्रेस नेता कान्छारामलाई मातृ शोक



२ चैत्र, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवं रामेछापबाट पूर्व प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई मातृ शोक परेको छ । कान्छारामकी आमा जमुना तामाङको ९५ बर्षको उमेरमा आज निधन भएको हो ।

जमुना तामाङको निधनप्रति रामेछाप कांग्रेंसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जमुना तामाङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै मृतआत्माको चिर शान्तिको कामना गरेका छन् । उनले दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै परिवारजनप्रति गहिरो संमवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्