दोषी छिट्टै पत्ता लगाउछौः डिएसपी भट्टराई



४ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थति डहु माविमा अध्यापन गराउने घाइते शिक्षक मोहन महतको उपचारको क्रममा निधन भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान अगाडि बढाएको छ । फागुन २० गते घटना घटेलगत्तै प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए ।
उनले रामेछाप न्युजसँग भने,‘घटना रहस्यमय नै देखिन्छ, घटनामा संलग्न भएको आशकांमा हामीले केही व्यक्तिलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेका छौ ।’

डिएसपी भट्टराईले दोषी कुनै पनि हालतमा उम्किन नसक्ने बताए । उनले प्रहरीले दोषी पहिचान गर्न अनुसन्धान गरिरहेको बताउदै शकां लागेका व्यक्तिहरुलाई सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्