अवैध हातहतियार ३५ दिनभित्र नबुझाए मुद्दा चलाउछौः प्रजिअ शर्मा



४ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्र अवधै रुपमा राखिएको हातहतियार ३५ दिनभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरेको छ । स्थानीय नागरिकले अवैध रुपमा राखेका हातहतियार बुझाउन जिप्रकाले यस्तो आग्रह गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले अवैध हतियार बुझाउन गरेको आग्रहलाई अटेर गरी नबुझाएमा अवैध हातहतियार तथा खरखजना सम्बन्धी प्रचलित मुद्दा चलाउने बताए ।

कानुन बमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तत्काल जिल्ला प्रशासनमा बुझाउन आग्रह गरेका छौ, उनले भने ।
गत फागुन २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाउनेलाई कुनै कारबाही नहुने निर्णय गरेको थियो । सोही अनुसार जिप्रका रामेछापले पनि अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको छ ।

यस्ताे छ जिप्रका रामेछापले जारी गरेकाे सूचना

प्रतिक्रिया दिनुहोस्