उमाकुण्ड गाउँपालिकालाई धनी बनाउछौः अध्यक्ष सुनुवार



बिष्णु खड्का

६ चैत्र, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले समृद्ध गाउँपालिका निर्माणमा आफूहरु जुटेको बताएका छन् । उनले गाउँपालिकालाई धनी बनाउन विकास निर्माणको कामलाई अगाडि बढाएको बताउदै विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

विकासको कामले गति लिने हो भने रामेछापको ८ वटा स्थानीय तह मध्य उमाकुण्ड गाउँपालिका धनी बन्छ, अध्यक्ष सुनुवारले भने । योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढाइएको उल्लेख गर्दै उनले विकास निर्माणको काममा नागरिकहरुको पनि साथ र सहयोगको खाँचो रहेको बताए ।
उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले आफ्नो घरदेखि टोल–टोल सम्म सफा राख्ने बानीको बिकास नियमित भए देश नै सफा हुने बताइन ।
जिल्लाकै पहिलो पूर्ण सरसफाईमुक्त टोल घोषणा
उमाकुण्ड गाउँपालिका अन्र्तगत साबिकको कुभुकास्थली गाविसको वडा न ७ र ९ टोललाई जिल्लाकै पहिलो पुर्ण सरसफाईमुक्त टोल घोषणा भएको छ । उमाकुण्ड गाउँपालिका वडा ३ को वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्य समितिको आयोजना तथा सामुदायिक विकास जनशक्ति कार्यक्रम गोल्मटारद्धार सञ्चालित सबल कार्यक्रममको सहजिकरणमा उक्त घोषणा गरिएको हो । उमाकुण्ड गाउँपालिका–३ का वडा अध्यक्ष रमेश कुमार सुनुवारले सबैको साथ र सहयोगले पूर्ण सरसफाईमुक्त टोल घोषणा गर्न सम्भव भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी ,उमाकुण्ड गाउँपालिकाका शिक्षा प्रमुख ङावा शेर्पा, पहाडी कल्याण समाजका अध्यक्ष रत्न कडेल, सबल कार्यक्रममा बरिष्ठ जिल्ला संयोजक दिलबहादुर नेपाली, नेकपाका नेता चित्रबहादुर कार्की , नेपाली कांग्रेसका नेता हिक्मत बहादुर सुनुवार लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सांस्कृति कार्यक्रम र सम्मान
कार्यक्रममा स्थानीय कला संस्कृतिलाई संरक्षण गर्ने नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय कलाकारहरुले देखाएको सांस्कृतिक कार्यक्रमको सहभागीहरुले प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई कदर पत्र, प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीले शौचालयको समुचित समुचित प्रयोग गर्ने गराउने, व्यक्तिगत सरसफाई गर्ने गराउने, सुरक्षित पानीमा पहुँच तथा प्रयोग गर्ने गराउने लगायतको ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्