गौश्वराका वडा अध्यक्ष थापा मगरले हेलिकोप्टर चार्टर गरेर बालकको ज्यान बचाए



८ चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्रबहादुर थापा मगरले घर भत्काउने क्रममा लडेर घाइते भएका ८ बर्षिय बालकलाई हेलिकोप्टर चार्टर गरेर पुर्नजन्म दिएका छन् । जिल्लाकै दुर्गम गौश्वारास्थित र्खरसुब्बाथानका ८ बर्षिय बालक मान बहादुर मगर घर भत्काइरहेको चोटामा जाने क्रममा लडेका थिए । चोटाबाट लडदा मगरको च्यापुमा गम्भीर चोट लागेको थियो ।

विहिवार दिउसो २ बजे घाइते भएका बालकलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो । तर एम्बुलेन्स मार्फत बालकलाई काठमार्डौ लैजादा बाँच्ने सम्भावना कम हुने भन्दै वडा अध्यक्ष थापा मगरले हेलिकोप्टर चार्टर गरेर आफैले काठमाडौं लैजाने निधो गरेका थिए ।
वडा अध्यक्ष थापा मगरले रामेछाप न्युजसँग भने,‘घाइते बालकलाई बचाउन पहिलो कर्तव्य ठाने, हेलिकोप्टरको लागि प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठसँग समन्वय गरे, लगत्तै हिलेकोप्टर आयो र घाइते बालकलाई काठमाडौं लगेर ज्यान बचाउन सफल भइयो ।’

घाइते बालकको घरको आर्थिक अवस्था कमजोर भएकाले नागरिकको दुःखमा साथ दिनु आफ्नो कर्तव्य भएको उनले बताए । घाइते बालकाको बुबा गबहादुर मगर वैदेशिक रोजगारीमा छन् ।
घाइते बालकलाई काठमाडौं लगेपछि ४ घण्टामा होस आएको र अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताउदै वडा अध्यक्ष थापा मगरले गम्भीर घाइते बाकललाई बचाउन पाउदा जीवनमा निकै ठूलो खुसी लागेको बताए । हेलिकोप्टर चार्टर गर्नको लागि वडा अध्यक्ष थापा मगरले १ लाख ४० हजार व्यक्तिगत रुपमा खर्च गरेका छन् । घाइते बालकको काठमाडौंका विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

हेलिकोप्टर चार्टर गर्नको लागि वडा अध्यक्ष थापा मगरले १ लाख ४० हजार व्यक्तिगत रुपमा खर्च गरेका छन् । घाइते बालकको काठमाडौंका विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्