उमाकुण्ड गाउँपालिकाको वाम्तीबाट नागरिकता वितरण



८ चैत्र, रामेछाप
नागरिकहरुलाई गाउँघरबाटै सेवा उपलब्ध गराउने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले घुम्ती नागरिकता शिविरबाट नागरिकता वितरण गर्दै आएको छ । उमाकुण्ड गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको सहकार्यमा गाउँपालिका–२ वाम्ती आयोजित घुम्ती शिविरबाट १ सय २० जनाले नागरिकता वितरण गरिएको हो ।

गाउँपालिका वडा नम्बर २ र ३ का नागरिकहरुले नागरिकता, मतदाता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले शिविरबाट २५ जनाले घरेलु उद्योग दर्ता गराएको र ७३ हजार राजश्व संकलन भएको बताए ।
३ नम्बर प्रदेशका सासद शान्ति पौडेले उमाकुण्ड गाउँपालिका–२ का रोजिश घतानेलाई नागरिकता प्रदान गरेका थिए । एकीकृत घुम्ती शिविर आज गाउँपालिकाको गुम्देलमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्