मृतक शिक्षक महतको परिवार र डहु माविबीच कुरा मिल्यो



९ चैत्र, काठमाडौं ।
फागुन २१ गते अज्ञात समुहको आक्रमणमा परी घाइते भइ उपचारको क्रममा निधन भएका सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविका शिक्षक मोहन महतको परिवार डहु माविबीच सहमति जुटेका छन् ।

चैत्र ३ गते काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा शिक्षक महतको निधन भएको थियो । उनको टिचिङ अस्पतालमा पोष्टमार्टम गरिए पनि क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न मानेको थिएन । शिक्षक महतको आफन्त र विद्यालय व्यवस्थापन समितिबीच भएको छ । सहमति अनुसार डहु माविले महतको परिवारलाई साढे २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठको पहलमा भएको सहमतिपछि आफन्तले दाहसंस्कार गर्न सहमत भएका छन् ।

डहु माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले मानविय नाताले मृतक शिक्षकको परिवारलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘विद्यालयले दिन सक्ने अवस्था त होइन तर विद्यालय परिवारका सदस्य गुमाउदाको पीडा हामीलाई पनि धेरै छ, मानविय नाताले सकेसम्मको सहयोग गरेका छौं ।’ अध्यक्ष घिसिङले अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गर्न ध्यानाकर्ष गराउने गृह मन्त्रालयमा डेलिकेसन जाने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्