डहु घटनाः दोषीलाई तत्काल पक्राउ गर्न शिक्षक महासंघ रामेछापको माग



९ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविमा कार्यरत शिक्षक मोहन महतलाई अज्ञात समुहले आक्रमण गरी मृत्यु भएपछि दोषलाई कार्वाही गर्न शिक्षक महासंघ रामेछापको माग गरेको छ ।
नेपाल शिक्षक महासंघ रामेछापले अज्ञात समुहको कुटपिटबाट घाईते भई उपचारको क्रममा ज्यान गुमाएका डहु माविका शिक्षक महतको निधनपछि दुःख व्यक्त गर्दै दोषीलाई कार्वाही गर्न प्रशासनसँंग माग गरेको हो ।


शनिबार मन्थलीमा बसेको महासंघको बैठकले शिक्षक महत माथि मरणासन्न हुने गरी आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न र शिक्षकहरुको सुरक्षाको व्यवस्थासगै सम्पूर्ण शिक्षालयमा सुरक्षित तवरले पठनपाठनको बातावरण मिलाउन माग छ ।
बैठकपछि लगत्तै महासंघले जिल्ला प्रहरी कार्यालय रामेछापमा घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै ज्ञापनपत्र वुझाएको छ । महासंघले बुझाएको ज्ञापनपत्र बुझदै रामेछापका प्रहरी प्रमुख सन्तोष भट्टराईले घटनाबारे गम्भिर अनुसन्धान भईरहेको बताए ।
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका–६ चुवावन स्थायी घर भइ हाल रामेछापको उत्कृष्ट विद्यालयको रुपमा परिचित डहु माविमा अध्यापन गराउँदै आएका थिए । शिक्षक महतको उपचारको क्रममा चैत्र ३ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्