रामेछापबाट एसईई परीक्षा ३६ सय ३९ जना विद्यार्थी, मन्थलीबाट सबै भन्दा धेरै



९ चैत्र, रामेछाप ।
यस बर्षको
माध्यमिक शिक्षा परीक्षा  (एसईई ) परीक्षामा रामेछाप जिल्लाबाट ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएका छन् । आइतवारबाट सुरु हुने एईई परीक्षामा रामेछापको ८ वटा स्थानीय तहबाट ३६ सय ३९ विद्यार्थी सहभागी हुन लागेका हुन् ।
जिल्लाभर रहेका ९२ वटा माविमा अध्ययनरत विद्यार्थी एसईई परीक्षामा सहभागी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई रामेछापले एईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।


जिल्लामा रहेका ९२ माविको लागि २१ वटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका नायब सुब्बा बालकृष्ण पोखरेलल बताए । यस बर्षको एसईई परीक्षामा सबै भन्दा बढी मन्थली माविका विद्यार्थी रहेका छन् भने सबै कम सुनापती गाउँपालिका–३ हिलेदेवीस्थित कृष्ण माविका विद्यार्थी रहेका छन् ।
एईई परीक्षामा पनि मन्थली मावि जिल्लाकै धेरै विद्यार्थी हुने विद्यालयको रुपमा परेको छ । जिल्लाको ८ वटा स्थानीय तहमा रहेको ९२ वटा मावि मध्य मन्थली माविमा सबै भन्दा धेरै १ सय १७ जना विद्यार्थीले यस बर्ष एसईई परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्