रामेछापमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैकबाट वितरण



राजन महतारा क्षेत्री

१० चैत्र, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर वडा कार्यालयले जिल्लामै पहिलो पटक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । बैंक मार्फत कारोबार गर्दा पारदर्शी र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुलाई पनि सहज हुने भएको वडा कार्याल्यले बैकिङ्ग सुबिधाको सुरुवात गरिएको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले स्थानीय ९७ बर्षिय नर बहादुर कार्कीलाई दोसल्ला ओढाइ लक्ष्मी बैंकको चेक हस्तान्तरण गरेर बैंकिङ सेवाको सुरुवात गरेकी हुन् ।


त्यसैगरी वडा नम्बर ७ सुकाजोरले आर्थिक बर्ष २०७५/०७६ को दोस्रो चौमासिक सम्म प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकाररिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्का,रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरराज दाहाल,वडा नम्बर ७ का अध्यक्ष समिर कार्की लगाएत वडाका जप्रतिनिधिहरु,वडा सचिव रेमलाल न्यौपाने र नगरपालिकाका सम्बन्धित शाखाका प्रमुखहरुले सर्बसाधरणले राखेको जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रममा वडा सचिव न्यौपानेले यस आर्थिक बर्षको दोस्रो चौमासिकभित्रमा १ लाख ५२ हजार १ सय १८ रुपैयाराजस्व संकलन भएको १ सय ४७ जनाको व्यक्तिगत घटना दर्ता गरिएको जानकारी दिए । उनका अनुसार सडक खानेपानी सिंचाइँ र लक्षित वर्ग अन्तर्गतको क्रमश बिनियोजित बजेट उपभोक्ता समिति निर्माण गरी काम भैरहेको बताए । हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको वडाध्यक्ष समिर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्