थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सका कन्फरेन्स सम्पन्न



चैत्र ११, काठमाडौं ।
नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा व्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटो मोबाइल्स प्रालिले प्रालिले आफ्नो पहिलो वार्षिककोउत्सवको उपलक्षमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ । कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराउदै सो कार्यक्रम गरिएको हो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो ।

उक्त अवार्ड एम्भि दुगडका उपाध्यक्ष विवेक दुगड, एम्भी दुगडकी डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रालि ईण्डियाका उपाध्यक्ष सुधान्सु अगर्वाल, पियाजियो भेहिकल प्रालि ईण्डियाका निर्यात बिक्री म्यानेजर दिपक कुमार र हेड अफ अप्रेसन विजय महत्तोले हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रमको संलाचन दुगड ग्रुपकी पिआर हेड विमला थापाले गर्नुभएको थियो । २०१८ फेबु्रअरी महिनाबाट आधिकारीक रुपमा पियाजियो ३ ह्विलर्सको नेपालमा बिक्री बितरण सुरु गरे लगतै १ वर्षको अन्तरालमै पियाजियो थ्री ह्विलर्सको सफलताको खुसी साट्न र आफ्ना सम्पूर्ण डिलर्सहरुलाई प्रोत्साहन गर्ने उदेश्यको साथ थाईल्याण्डको पट्टाया शहर कार्यक्रमका लागि रोजेको सोही ग्रुपका हेड अफ अप्रेसन विजय महत्तोले बताउनुभयो ।

तीन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुँदा यसप्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एम्भि दुगड ग्रूप अग्रसर रहने कुरा उपाध्यक्ष विवेक दुगडले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्