कतारमा बस्ने रामेछापवासीद्धारा ओख्रेनीका आगलागी पीडितलाई आर्थिक सहयोग
राजन महतारा क्षेत्री
१२ चैत्र, रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका शंखमान मगरको परिवारलाई रामेछाप–दोहा सम्पर्क समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ । रामेछाप जिल्लाबाट वैदेशिक रोजगारको सिलशिलामा कतारमा पुगेका युवाहरुले स्थापना गरेको संस्थाले पीडित परिवारलाई नगद सहयोग हस्तान्तरण गरेको हो ।
रामेछाप–दोहा सम्पर्क समाज कतारका अध्यक्ष राजेन्द्र कुमार मगर सदस्यहरु सन्जिव आले मगर, सरोज आले मगर र प्रभुराम महतारा सहितको टोलीले पीडित परिवारलाईसहयोग रकम हस्तान्तरण गरेको छ । कतारमा रहेर संस्थामा आवद्ध सदस्यहरुबाट संकलन भएको ५३ हजार दुई सय ३० रुपैयाँ रकम आगोलागी पीडित हिरामाया मगरलाई प्रदान गरिएको हो ।
रामेछाप नगरपालिका–६ का वडाअध्यक्ष धन बहादुर खड्का र रामेछाप–दोहा सम्पर्क समाज कतारका अध्यक्ष राजेन्द्र कुमार मगरले संयुक्त रुपमा आगोलागी पीडित हिरामाया मगरलाइ नगद सहयोग हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित ओख्रेनीका स्थानीय निमराज तामाङले पनि पीडित परिवालाई २ हजार रुपैयाँ सहयोग रकम प्रदान गरे ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष खड्काले संस्थाले गरेको कामको प्रशंसा गर्दै संस्थालाई धन्यवाद व्यक्त गरे । रामेछाप–दोहा सम्पर्क समाज कतारका अध्यक्ष मगरले संस्थाले रामेछाप जिल्लाबाट वैदेशिक रोजगारको सिलशिलामा विदेश पुगेर विभिन्न समस्यामा परेका धेरै व्यक्तिहरुलाई उद्धार र सहयोग गर्ने काम गरेको बताए ।
उनले रामेछाप जिल्लाका विभिन्न दैविक प्रकोपबाट पीडित, गरिब, अशक्त र अपाङहरुलाई सहयोग गर्ने काम संस्थाले गरेको उनले बताए । अध्यक्ष मगरले भने, ‘ंस्थाले गर्ने सहयोग रामेछापवासीका लागि निरन्तर जारी रहन्छ ।’ वैदेशिक रोजगारीमा जाँदा केही समस्या परेमा सबै नेपालीहरुलाई रामेछाप–दोहा सम्पर्क समाज कतारमा सम्पर्क गर्न पनि उनले आग्रह गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा रामेछाप नगरपालिका–५ का वडाअध्यक्ष भिम बहादुर तामाङ र स्थानीयवासीको सहभागीता रहेको थियो । गत माघ १४ गते वडा नम्बर ६ ओख्रेनी डान्सिङटारका शंखमान मगरको घर आगोलागी हुँदा उनको ११ महिनाका छोरा दिपेन्द्र मगरको मृत्यु भएको थियो । पीडित मगरको आगोलागीबाट खरले छाएको दुई वटा घर जलेर नष्ट भएको थियो । आगोलागी पीडितशंखमान मगर हाल वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका छन ।