अम्बर तामाङ भन्छन–कान्छारामले आमाको लाशमाथि राजनीति गर्यो



१२ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आमाको लाशमाथि राजनीतिक गरेको आरोप उनका दाई अम्बर तामाङले लगाएका छन् । आफू नेकपा भएकै कारण भाईले आमालाई भेटन कांग्रेसमा प्रवेश गर्नुपर्ने शर्त राखेर राजनीति गरेको बताउदै तामाङले जीवनमै सबै भन्दा ठूलो पीडा भएको बताएका हन् ।

उनले रामेछाप न्युजसँग कुराकानी गर्दै भने,‘आमाको मृत्यु भएको खबर पाएपछि निकै स्तब्ध भएको थिए, जन्म दिने आमा गुमाउनु पर्दा झन पीडामा थिए, त्यहीँ माथि भाई कान्छारामले अन्तिम अवस्थामा पनि मलाई आमाको मुख हेर्न नदिएपछि प्रहरीको सहयोग लिएर जानु पर्यो ।’ आमाको निधन भएपछि घरमा भेटन जादा आमालाई भेटने भए शेरबहादुर देउवाको हातबाट टिका लगाएन आउन र कम्युनिष्टलाई आमाको मुख हेर्न नदिने जवाफ तामाङलाई वार्ता टोलीका सदस्यले दिएर फर्काएका थिए ।


अम्बर तामाङ मृतक जमुना तामाङका साइला छोरा हुन् । २०३६ सालदेखि अखिलको राजनीतिमा लागेका उनी पेशाले निर्माण ब्यवसायी हुन् । उनका पाँच भाई मध्य अम्बर बाहेक चार भाई कांग्रेस समर्थक छन् । नेकपा भएकै कारण उनले आमा बिरामी हुँदा समेत भेटन पाएनन भने मृत्युपछि दाजुभाईसँगै आमाको काजकिरिया पनि गर्न नपाएको गुनासो गरेका छन् ।

आमाको निधन भएपछि कान्छारामको घरभित्र प्रवेश गर्न दिने कि नदिने भन्ने विषयमा वार्ता टोली नै बनेको थियो । वार्ता टोलीले हुन्छ हुन्छ भनेर आश्वासन मात्र दिएर भेटन नदिने थाहा पाएपछि प्रहरीको भ्यानमा बसेर कान्छारामको घरमा पुगेको उनले बताए । प्रहरीको सहयोगमा आमाको मुख हेर्न दिएपनि सगै काजकिरिया गर्न नदिएको तामाङको भनाई छ । ‘सुरुमा मैले गेटमा घण्टी बजाउदा गेट खोल्न मानने, पछि प्रहरी देखेर गेट खोले, भित्र पसेर मृतक आमाका खुट्टामा ढोकेर फर्किए’, उनले भने ।

आमा कांग्रेस पार्टीको सदस्य नभए पनि अन्तिम दाहसंस्कार गर्ने क्रममा स्वयम्भुमा कांग्रेसको झण्डा ओडाउदा निकै मनमा पीडा भएपनि आफूले टुलुटुले हेरेर बसेको बताए । उनले भने,‘मेरा दाजुभाईले सँगै मलाई कपालसमेत खौरिन दिएनन, राजनीति त चुनावको बेला हुने हो तर कान्छारामले आमा मर्दा पनि राजनीति गर्न छोडेन ।’ तामाङ हाले नेकपा निकट नेपाल निर्माण व्यवसायी संगठनको केन्द्रीय सचिवालय सदस्य छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा भाई कान्छारामले कांग्रेसको तर्फबाट रामेछापको प्रतिनिधिसभा निर्वाचनमा टिक पाएका थिए । तरा भाई प्रतिनिधिसको उम्मेवार भएपछि अम्बर तामाङ भने नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठलाई जिताउने अभियानमा लागेका थिए । निर्वाचनमा हारेपछि कान्छारामले आमा मर्दा पनि खबर गर्दिन भनेको थियो, आमा वित्दा त त्यति धेरै त गर्दैन जस्तो लागेको थियो, तर कान्छारामले गरेरै देखायो, यो भन्दा घटियो सोच र विचार अरु के हुन्छ ? तामाङले प्रश्न गरे–गत बर्ष चैत्र १८ गते आफूसँग बस्दै आउनु भएकी आमा इच्छा अनुसार कान्छारामको घरमा गएको बताउदै अन्तिम अवस्थामा पनि आमाको मुख हेर्न मैले निकै ठूलो सास्ती झेल्नु पर्यो ।

‘मलाई चुनावपछि एक्लो बनाउछु भन्थो, आखिर गरेरै छोडयो’, तामाङले थपे,‘कांग्रेसमा प्रवेश गरेर आए कान्छाराम कन्ट्रसनको वीस प्रतिशत शेयर दिने प्रस्ताव आएको थियो, मैले कांग्रेसमा प्रवेश नगर्ने र शेयर पनि नलिने अडान लिएपछि सहमति जुटन सकेन ।’ उनले यही चैत्र १६ गते बौद्धको तामाङ गुम्बामा बौद्ध धर्म अनुसार आमाका छुट्टै किरिया गर्न लागेको जानकारी दिए । परिवारका सदस्यहरुबीच विचार फरक– फरक हुन सक्छ तर राजनीतिक अस्था र विचार राखेकै आधारमा परिवारका अन्य सदस्यहरुले पनि निशेष गर्नु कतिको जाजय होला ?
लाशमाथि राजनीति गरेको छैनः कान्छाराम

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आफूले आमाको लाशमाथि राजनीति नगरेको दावी गरे । तपाईले साइलो दाईलाई आमाको मुख हेर्न दिनु भएन भन्ने आरोप छ नि भन्ने रामेछाप न्युजको जिज्ञासामा उनले भने,‘आउन चाहनु पर्यो कसले रोकेको छ र ?’ कांग्रेसमा प्रवेश गरेर आएपछि मात्र आमाको मुख हेर्न दिने विषयमा साइला दाई अम्बर तामाङलाई नै सोध्न उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्