भुजीमा प्रहरी चौकी बनाउन निशुल्क जग्गा प्रदान



१२ चैत्र, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयले प्रहरी चौकी निर्माण गर्न निशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । गाउँघरमा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी चौकी आवश्यक भएको भन्दै भुजीका स्थानीय ज्ञानेन्द्र कुमार सुनुवार र शेर कुमार सुनुवारले तीन रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् ।


भुजीमा प्रहरी चौकी निर्माणको लागि स्थानीयले निशुल्क रुपमा जग्गा दिनु निकै खुसीको विषय भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बताए । तीन रोपनी जग्गा प्रहरी चौकीको नाममा पास गरिदिएको जग्गा धनी प्रमाण पुर्जा जग्गा धनीले जिल्ला प्रहरी कार्यालय रामेछापपका प्रमुख सन्तोष भट्टराईलाई हस्तान्तरण गरेका छन् । लालपुर्जाको प्रमाणपत्र बुझदै प्रमुख भट्टराईले आगामी दिनमा पनि नागरिकहरुबाट यस्तै खालको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्