नेकपा रामेछापबाट १३ जनाले लिए प्रदेश सदस्यको सपथ



१४ चैत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश कमिटीका सदस्यहरुले सपथ लिएका छन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीन नम्बर प्रदेशका २२१ जना प्रदेश कमिटीका सदस्यहरुलाई संयुक्त रुपमा सपथ गराएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रमकोबीच प्रदे कमिटीका सदस्यहरुले सपथ लिएका छन् ।
नेकपा रामेछापको तर्फबाट १३ जना प्रदेश सदस्यहरुले सपथ एका छन् रामेछापबाट प्रदेश कमिटीको सदस्य हुनेहरुमा पूर्व माओवादी केन्द्रबाट धावा लामा, डिल्लीमान तामाङ, मैन कुमार मोक्तान, कमानसिंह मोक्तान, प्रेमकुमार कार्की ‘सेवक’, तारानारायण श्रेष्ठ, टंकलाल घिसिङ ‘टकल’ लक्ष्मी गुरुङ र सुनिता गौतम रहेको छन् ।

त्यसैगरी पूर्व एमालेबाट पूर्व शान्ति पौडेल, तुलाप्रसाद कडेल, माया कार्की, भोजराज कडेरिया रहेका छन् । रामेछापबाट पूर्व माओवादीबाट ९ जना र पूर्व एमालेबाट ४ जना गरी १३ जना प्रदेश कमिटी सदस्य भएका छन् । नेकपा रामेछापले १४३ सदस्यीय जिल्ला कमिटीको सदस्यहरुको सहमति जुटाएर प्रदेश कमिटीमा सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्