कम्युनिष्ट पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने नेकपाको निर्णय



१५ चैत्र, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमी भङगेरीमा मनाउने निर्णय गरेको हो ।

तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टी स्थापना दिवस वैशाक ९ गते प्रदेश कमिटीका सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन आग्रह गरेका छौं ।’

नेकपा तीन नम्बर प्रदेश कमिटी २२१ सस्यीय रहेको छ । त्यसैगरी तीन नम्बर प्रदेशमा नै नेकपाको ११० जना केन्द्रीय सदस्य रहेका छन् । पार्टी एकीकरण भएपछि प्रदेश कमिटीले पुष्पलालको जन्मभूमिमा पार्टी स्थापना दिवस मनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्