मन्थली नगरपालिकालाई सफा बनाउने अभियान सञ्चालन



१६ चैत्र, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकालाई सफा बनाउने अभियानमा उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिले सक्रियता देखाएका छन् । मन्थली बजारलाई सफा र व्यवस्थित बनाउनको लागि बजार सरसफाई एवं सचेतना अभियानमा मन्थली नगरपालिकाले साथ दिएको छ ।

बजार दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएपछि आज मन्थलीका विभिन्न क्षेत्रको सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा गरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेत आफै अभियानमा सहभागी भएका छन् ।

अभियानमा सडकपेटी सफा राख्ने, छाडा चौपायाको ब्यवस्थापन गर्ने, छतको पानी ब्यवस्थित गर्ने, घर भित्रको फोहोर नगरपालिकाको गाडी नआइ वाहिर ननिकाल्न सुझाव दिइएको छ ।
मन्थली वजारको मदन आश्रित चोकदेखि कटहरवोटसम्म, नगरपालिका एरिया र रेडक्रम ऐरियामा सरसफाइ गरिएको छ ।

अभियानमा वजारका महिला व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु , टोल सुधार समितिका संयोजक लगायत स्थानीयको सहभागीता रहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्