रामेछाप नगरपालिकाको विकास बजेट खर्च सुस्त



राजन महतारा क्षेत्री

१६ चैत्र, रामेछाप । रामेछाप नगरपालिकाको विकास बजेट खर्च सुस्त देखिएको छ । नगरपालिकाद्धारा विनियोजित विकास बजेट खर्च लक्ष्य अनुसार हुन सकेको छैन् । यस आर्थिक बर्ष सकिन तीन महिना मात्र बाँकी रहदा विकास बजेट २५ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ को दोस्रो चौमासिकसम्म प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकाररिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा रामेछाप नगरपालिकाले प्रगति विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरराज दाहालले विकास बजेट १५ करोड ३२ लाख मध्ये ३ करोड ८३ लाख अर्थात २५ प्रतिशत रकम खर्च भएको जानकारी दिए । नगरको चालु खर्च ६ करोड ९५ लाख मध्ये २ करोड ९२ लाख रुपैयाँ अर्थात ४२ प्रतिशत रकम खर्च भएका उनले बताए ।
पुँजीगत खर्चतर्फ १ करोड ५ लाख मध्ये ६६ लाख ५१ हजार ९ सय ८२ रुपयाँ अर्थात ६३ प्रतिशत खर्च भइसकेको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्