बारा पर्सा हावाहुरीः मृतकको संख्या ३१ पुग्यो, पाँच सय भन्दा बढी घाइते



१८ चैत्र, काठमाडौं ।
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । हावाहुरीबाट पाँच सय भन्दा बढी घाइते भएका छन् । ५०० भन्दा बढी घाइते छन् ।


जिल्ला प्रहरी कार्यालय बारका अनुसार हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको अस्पतालले जानाएको छ । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्