प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सैलुङ जाने



२० चैत्र, काठमाडौं ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सैलुङ्ग आउने भएका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सैलुङ्ग महोत्सवको उदघाटन गर्न सैलुङ्ग आउने भएका छन् । रामेछापको दोरम्बा गाउँपालिका, दोरलाको मेलुङ र सैलुङ गाउँपालिकाद्धारा आगामी वैशाख १३, १४ र १५ हुने महोत्सवमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको हो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले महोत्सवको तयारी तीब्र गतिमा अगाडि बढाइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सहकार्यलाई अगाडि बढाउदै तीन गाउँपालिकाले संयुक्त रुपमा सैलुङ महोत्सव आयोजना गरेका छौ ।’
दोरम्बा गाउँपालिकाले चैत्र २९,३० र वैशाक १ गते गरी तीन दिन सैलुङ्ग महोत्सव गर्ने कार्यक्रम घोषणा गरेर तयारी अगाडि बढाएको थियो । तर सैलुङ्ग गाउँपालिकाले आपत्ति जनाएपछि दोरम्बा गाउँपालिकाले तचलकता अपनाउदै सैलुङ्ग र मेलुङ गाउँपालिकालाई पनि आयोजकको रुपमा समावेश गरेर महोत्सव गर्ने भएको हो ।

सैलुङ महोत्सवमा सहभागी हुने कलाकारहरुको समेत टुंगो आयोजकले लगाइसकेको छ । दोरम्बा गाउँपालिकाका जनप्रतिनिधि महोत्सव सफल बनाउने कार्यमा जुटेका छन् । एक सय वटा थुम्का रहेको सैलुङ्ग रामेछाप र सैलुङ्गको सीमाना हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक रुपमा धनी सैलुङ्गमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको संख्या ह्वातै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्