विप्लव समुहका सुनापती गाउँपालिका इन्चार्जले गरे आत्मसर्मपण



२० चैत्र, रामेछाप ।
प्रहरीले विप्लव समुहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्ने अभियानलाई तीब्रता दिएपछि रामेछापमा पहिलो पटक नेत्र विक्रम ‘विप्लव’ समुहका एक गाउँपालिकाका इन्चार्जले प्रशासन समक्ष आत्मसर्मपण गरेका छन् । प्रतिबन्धत विप्लव समूहका सुनापति गाउँपालिका इन्चार्ज लोकबहादुर राना मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका हुन् ।


खाडाँदेवी गाउँपालिका– १ राकाथुमका स्थायी वासिन्दा मगरले आफू अब स्वतन्त्र नागरिकको रुपमा बस्ने चाहेको प्रशासनलाई जानकारी गराएका छन् । २०७३ सालदेखि विप्लव समूहका लागेका मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज बनेको थिए । मगरले पार्टीले लिएको हिंसात्मक गतिविति गलत लागेको पार्टी परित्याग गरेको प्रशासनलाई जानकारी गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मगरलाई दायाँबायाँ सही छाप गरेर बुधवार छोडिदिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी विज्ञप्तीमा भनिएको छ– विप्लव समुहले सुनापती गाउँपालिकाको इन्चार्जको रुप्मा जिम्मेवारी दिएको अवस्थामा उक्त समुहको राज्य विरुद्ध एवं अन्य गतिविधि सन्तोषजनक नभएको र लगागेकोले म आजदेखि स्वतन्त्र नागरिक भई रहन चाहन्छु भनि यो सहीछापन गरी दिए । प्रहरीले हालसम्म १ सय ६० जना विप्लवका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीका प्रवक्ता उत्तम सुवेदीले पक्राउ परेका मध्ये १ सय २७ जनालाई मुद्दा चलाइएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्