मन्थली नगरपालिकाको थाक्ले खोलामा चैत्रमै बाढी, सडक अवरुद्ध



२३ चैत्र, रामेछाप ।
बर्षासँगै आएको पानीको कारण रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित थाक्ले खोलामा बाढी आएको छ । पानी परेसँगै थाक्लेमा आएको बाढीको कारण भटौलीबाट कल्लेरी, सल्लेरी पिङखुरी जाने सडक अवरुद्ध भएको हो । दस मिनेट मात्र आएको मुसलधारे पानीको कारण थाक्ले खोलामा एउटा टहरो समेत बगाएको छ ।

मासु पसल सञ्चालन गरेको टहरोमा रहेका केही कुखुरा समेत बाढीले बगाएको छ । बाढीको कारण कुनै पनि मानविय क्षति नभएको स्थानीयले बताएका छन् ।

नेकपाका नेता गंगा गोलेका अनुसार बर्षामा पनि बाढी नआउने खोलामा चैत्रमा बाढी आउनु आश्चार्य नै भएको बताए । उनले भने,‘थाक्लेमा आएको बाढीको कारण सडक पानीले खोलेर यातायात सञ्चालन नहुने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्