यसरी निर्माण हुँदैछ रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल



२४ चैत्र, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने बहुचर्चित सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम करिब अन्तम चरणमा पुगेको छ । फलामको ट्रष्ट जडान गर्ने काम सकिएपछि ढलानको लागि फर्मा ठोक्ने काम सकिएको छ ।

अब ढलानको काम अगाडि बढने भएको छ । दस बर्ष अघि सुरु भएको खैरनीघाटको पक्की पुल ठेकेदारको कारण ढिलाई भएको थियो । पुल सञ्चालनमा आएपछि रामेछाप जिल्लाको खाडाँदेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभान्वित हुनेछन् ।

हाल ढलान गर्नको फर्मा राख्ने र पुलको वारीपारी नै ग्याबिङको काम धमाधम भइरहेको कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले रामेछाप न्युजलाई जानकारी दिए । करिब ९ करोड लगानीमा निर्माण भइरहेको पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई राजधानी काठमाडौ आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्