फेरि लोडसेडिङ ब्युताउने चलखेल सुरु भोः कुलमान घिसिङ



२५ चैत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही शक्तिहरु पुनः लोडसेडिङ ब्याउताउने चलखेलमा लागेको बताएका छन् । लोडसेडिङ हटाएर सुधारको काममा लागेपनि केही शक्तिहरु फेरि लोडसेडिङ गराएर फाइदा लिन सकिन्छ कि भन्ने खेलमा लागेको बताएका हुन् ।

डेडिकेटेड फिडर र लाइन लिएका कसैलाई महशुल तिर्नबाट उन्मुक्ति तथा मिनाहा नदिने स्पष्ट पार्दै घिसिङले प्राधिरकणले महशुल उठाउन पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेको भन्दै अनर्गल प्रचार गरेर जनतालाई भ्रमित गर्ने काम भइरहेको बताए ।
सोमवार विद्युत प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै जो कसैलाई कानूनले तोकेको सीमा बाहिर गएर छुट दिन नसक्ने प्रष्ट परेका छन् ।

घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी पनि गरे । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि जनाए ।
घिसिङले गला अवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको छैन, राम्रो गरेको भनेर सरकारले मूल्यांकन गरेर महिनाको २ लाख प्रोत्साहन रकम दिएको हो ।’

ऊर्जा मन्त्रालयको सहसचिवको नेतृत्वमा बन्ने समितिले यस्तो मूल्यांकन गर्ने भन्दै आफूले गर्न वर्ष ८९ प्रतिशत नम्बर पाएको जानकारी दिए । मूल्यांकनमा ८० प्रतिशत बढी गरी महिनाको २ लाख प्रोत्साहन भत्ता सरकारले दिने गर्छ ।

वाषिर्क कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले प्रष्टाए ।

उनले भने, ‘सरकारले प्रोत्साहन स्वरुप २४ लाख दिएको हो, त्यो बाहेक मैले करबाहेक ६ लाख भत्ता बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’

आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ । अब तलबलाई पनि भत्ता भन्दिने अवस्था अँएको भन्दै उनले दुःख व्यक्त गरे ।

‘छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’, उनले भने ।
विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उनले बताए ।

विभिन बाहाना झिकेर अगर्नल प्रचार गर्ने अधिकार कसैसँग नभएको भन्दै उनले अभाव सिर्जना गरेर खेल्नेहरु फेरि छटपटाएर भ्रामक हल्लाहरु फिजाइरहेको उनको दावी छ ।

उनले प्राधिकरण भित्र अनियमिताता भए सम्बन्धित निकायले छानविन गर्ने भन्दै व्यक्तिगत आक्षेप लगाएर हिजोका लोडसेडिङकर्ताकै निर्देशनमा प्राधिरकणभित्रैकै मान्छेले मिडियाबाजी गराएको आरोप घिसिङले लगाए ।

‘प्राधिकरण राम्रो गर्दा नपचेको भन्दै विगताको कार्यकारी निर्देशक जस्तो आफूलाई कमजोर नसोच्न चुनौति दिए । ‘यो कार्यकारी निर्देशकले चेन अफ कमान्ड मेन्टेन गर्छ । राम्रो काम गर्दा कोही बाधक भए हटाइन्छ,’ उनले भने,’विगतमा लोडसेडि गर्ने र छेलेखेलो गर्नेहरुको प्राधिरकण कमजोर बनाउने अभियान सफल हुन दिँदैनौं ।’

विद्युतीय सुरक्षा दिवस बारे प्रेस विज्ञप्ति
दैनिक रुपमा विद्युत आपूर्ति नहुने पीडादायक अवस्थाबाट मुक्त भएको धेरै भएको छैन । लोडसेडिङ्ग मुक्त भए पछि आम नेपालीको दैनिकीमा सहज मात्र भएको छैन, उर्जा अभावमा धराशायी भएको मुलुकको समष्टिगत अर्थतन्त्रमा पुनः गुणात्मक, परिमाणात्मक र सकारात्मक प्रभाव परेको छ । हाल सम्म प्राप्त उपलब्धीलाई दीगो राख्दै विद्युत सेवालाई थप भरपर्दो, सुरक्षीत र सुलभ बनाउन विद्युत प्राधिकरण क्रियाशील छ ।

नियमित विद्युत आपूर्ति भए संगै एका तर्फ विद्युत प्रणाली, प्रशारण र वितरण प्रणालीमा थप विद्युत भारको चुनौती छ भने अर्को तर्फ विद्युतीय सुरक्षामा ध्यान नदिंदा दुर्घटनाबाट धन जनको क्षति पनि भइरहेको छ । सतर्कता पूर्वक विद्युत सुरक्षामा दृष्टि नदिंदा विद्युत दुर्घटनाबाट घाईते हुने र अकालमा ज्यान गुमाउनु परेको दुःखद बास्तविक्ता हाम्रा सामु छन् । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सुरक्षामा विशेष महत्व दिएर विद्युत वितरण प्रणालीमा प्रयोग हुने सामान, निर्माण कार्य परामर्श सेवा र अन्य सेवा खरिदमा स्तरीय मापदण्ड तय गरी लागु गरेको छ र मापदण्ड विपरीतका कार्य गर्न रोक लगाएको छ ।

प्राविधिक मापदण्ड अनुसार नै निर्माण कार्य, मर्मत संभार कार्य आदीमा प्रयोग हुने सामाग्रिको गुणस्तर कायम गर्न कडाइका साथ प्रस्तुत हुन प्राधिकरण प्रतिवद्ध छ । हावाहुरी, चट्याङ्ग जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जिर्ण वितरण प्रणाली, धेरै लामो वितरण लाईनको तार मार्फत विद्युतीकरण, च्ष्नजत या ध्बथ भित्र संरचना निर्माण गर्नु, अन्य निकायबाट समन्वय नगरी काम गर्दा विद्युत संरचना असुरक्षित हुनु, घरायसी प्रयोजनमा प्रयोग हुने कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङ्गबाट विद्युत चोरी र जनचेतनाको अभाव आदी कारणले यस्ता दुर्घटना हुने गरेका छन् ।
विद्युतीय सुरक्षा प्रतिको संवेदनसिलता, सचेतनाको अभावमा विद्युत कामदार र उपभोक्ता वर्ग विद्युत दुर्घटनाको जोखिममा रहेको तथ्यलाई मनन गरी यसको न्यूनीकरणका लागि जनमानसमा सचेतना जगाउन र विशेष गरी लाईनमा काम गर्ने कर्मचारीमा सुरक्षाको प्रत्याभुति दिन विशेष रुपमा सुरक्षा अभियान संचालन गर्नु आजको आवश्यक्ता हो ।

जोखीमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाईएका छन् । विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदी कार्यहरु निरन्तर भइरहेको छ ।


नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स ९क्भ्भ्ल्० को संयुक्त आयोजनामा विगत २ वर्ष यता विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको छ । सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य हो । यस वर्षको विद्युतीय सुरक्षा दिवको नारा “विद्युत दुर्घटनाबाट बच्न सचेत रहांै, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरांै ।” तय गरिएको छ ।
अन्तमा विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षा दिवसमा आ–आफ्नो ठाउँबाट सहभागी वनी कार्यक्रमलाई सफल बनाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

कुलमान घिसिङ्ग देव शर्मा पौडेल
कार्यकारी निर्देशक अध्यक्ष
नेपाल विद्युत प्राधिकरण सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल
मितिः २०७५।१२।२६

प्रतिक्रिया दिनुहोस्