मन्थली विमानस्थलमा पहिलो रेकर्ड



२६ चैत्र, रामेछाप ।
रामेछापको मन्थली विमानस्थल सञ्चालनमा आएपछि अहिलेसम्मकै नयाँ रेकर्ड राखेको छ । मन्थली विमानस्थलबाट एकै दिनमा ४५ फ्लाइट भएको छ । सोमवार बिहानदेखि नै मन्थलीबाट लुक्ला फ्लाइट भएको थियो । मन्थली–लुक्ला उडानमा मौसमले साथ दिएपछि धेरै फ्लाइट गर्न सम्भव भएको हो ।

नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित कुमार चौरसियाले सोमवार ४५ फ्लाइट भएको रामेछाप न्युजलाई बताए । उनले भने,‘४५ फ्लाइट भएको मन्थली विमानस्थलबाट पहिलो पटक हो ।’ देशभर मौसम बदलि भएपनि आज पनि उडानमा कुनै समस्या नभएको चौरसियाले बताए । ‘बिहानबाटै उडान धमाधम भइरहेको छ, मन्थली विमानस्थलमा समस्या हुँदैन, लुक्लामा समस्या हुने हो’, उनले भने ।

बिहानैदेखि विदेशी पर्यटकहरु लुक्ला जान मन्थली विमानस्थलमा लाइन लागेका छन् । यस अघि मन्थलीबाट लुक्ला दैनिक २५ फ्लाइटसम्म हुँदै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि तीन महिना दैनिक दस घन्टा बन्द हुने भएपछि उड्यान प्राधिकरणले काठमाडौंको विकल्पमा मन्थलीबाट लुक्ला उडान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्