बढदाे विद्युतीय दुर्घटना न्युनिकरण गर्न प्राधिकरण गम्भीर छः कुलमान घिसिङ



२६ चैत्र, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटना न्युनिकरण गर्न सबै कर्मचारीले पहिले आफैंबाट सुरुवात गर्नुपर्ने बताएका छन् । उनले दुर्घटनाबाट सुरक्षित हुन मानव, उपकरण र प्रणाली सुरक्षा महत्वपूर्ण रहेको बताएका हुन् ।
बढ्दो विद्युतीय दुर्घटनाको विषयमा प्राधिकरण गम्भिर रहेको उल्लेख गर्दै घिसिङले विद्युतको काम गर्ने कर्मचारीसँगै उद्योग र सर्वसाधारण ग्राहकसम्म हुनसक्ने विद्युतीय दुर्घटनाबारे सचेतना पुर्याउन आवश्यक रहेकोमा जोड दिए ।

मंगलवार राजधानीम आयोजित विद्युत सुरक्षा दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले प्रयोग गर्ने सुरक्षा उपकरणको गुणस्तरबारे प्रश्न उठिरहेकाले केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रिय कम्पनीबाट गुणस्तरीय सामान खरिद गर्न छलफल गरेर निर्णय गर्ने बताए ।
विद्युतको लाइन परीक्षण गर्ने उपकरण बिना नै कर्मचारीले काम गर्नु परिरहेको विषयमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै घिसिङले प्राधिकरणले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्युतीय दुर्घटनाको जोखिम न्युनिकरणको सुरुवात आफैंबाट गर्ने सपथ विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय दुर्घटनाको जोखिम न्युनिकरणको सुरुवात आफैंबाट गर्ने सपथ लिएका छन् ।

विद्युत दिवसको अवसरमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव नेशकुमार घिमिरेबाट उनीहरुले सपथ लिएका हुन् । सुरक्षितरुपमा काम गर्नुपर्ने आफ्नो कर्तव्य भएको भन्दै कर्मचारीले सुरक्षा नियमको पालना गरेर मात्रै काम गर्ने उनीहरुले प्रतिज्ञा लिएका छन् ।

आफ्नो सुरक्षा परिवार, संस्था र देशका लागि महत्वपूर्ण रहेको भन्दै कर्मचारीले सर्वसाधारणलाई पनि विद्युतीय सुरक्षाका लागि सावधानी अपनाउन अभिप्ररित गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्