उमाकुण्ड गाउँपालिकाभित्र विकास निर्माणमा हुने अवरोध स्वीकार्य छैनः अध्यक्ष सुनुवार



२६ चैत्र, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र विकास निर्माणको कामलाई तीब्र ढंगले अगाडि बढाएको बताएका छन् । केही पक्ष विकास निर्माणमा अवरोध सृजना गर्ने गरी लागि परेको आरोप लगाउदै उनले विकास निर्माणको काममा हुने अवरोध स्वीकार्य नभएको बताएका हुन् ।
गाउँपालिकाको भवन निर्माण गर्न भएको ठेक्का लगाने क्रममा विवाद देखिएको कारण विवादको समाधान गर्न गाउँ कार्यपालिकाको बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष सुनुवारले ठेक्का रद्द भएको विषयमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि आग्रह गरे ।

अध्यक्ष सुनुवारले भने,‘विकास निर्माणको काममा विवाद नझिकौ, पक्ष प्रतिपक्ष पनि नभनौ, यदी कसैलाई चित्त नबुझे नियम कानुन अनुसार उजुरी गरौ, अनावश्यक रुपमा किचलो झिकेर विकास निर्माणकाको काममा बाधा नगरौं ।’
उनले गाउँपालिकाको समृद्धिको लागि अगाडि सारिएको योजनाहरुको सफल रुपमा कार्यान्वयन गर्न सहयोग गर्न पनि नागरिकहरुलाई आग्रह गरे । ‘डर त्रास धम्की देखाएर केही पनि चल्दैन’, अध्यक्ष सुनुवारले भने,‘रातदिन जनताको काममा लागेको छु, विकास निर्माणको काममा हुने अवरोध स्वीकार्य छैन् ।’
उमाकुण्ड गाउँपालिका–४ को वडास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्य समितिको आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुनुवारले गाउँपालिकाभित्र विकास निर्माणको कामले गति लिएको बताए । उनले गाउँपालिकाले समृद्ध गाउँपालिका बनाउन अघि सारेका सबै सकारात्मक पक्षहरुलाई सबैले साथ दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्