उमाकुण्ड गाउँपालिकाको प्रिती पूर्ण सरसफाईयुक्त टोल घोषणा



बिष्णु खड्का

चैत्र २७, रामेछाप । रामेछाप जिल्लाका विभिन्न वडाहरुमा सरसफाईयुक्त टोल घोषणा गर्ने कार्यक्रम अगाडि बढेको छ । टोलटोलमा सरसफाईयुक्त अभियान अगाडि बढेको छ । उमाकुण्ड गाउँपालिका–४ प्रितीको साबिकको वडा नम्बर ७ मंगलवारबाट पूर्ण सरसफाईयुक्त टोल घोषणा भएको छ ।

उमाकुण्ड गाउँपालिका–४ को वडास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्य समितिको आयोजना तथा सामुदायिक जनशक्ति बिकास कार्यक्रम गोल्मटारद्धार सञ्चालित सबल कार्यक्रमको सहजिकरणमा उक्त घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सरसफाइयुक्त टोल बनाउनु निकै सकारात्मक काम भएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीले सरसफाइसँगै मानिसहरुको सोचमा पनि परितर्वन ल्याउन आवश्यक रहेको बताइन । हरेक सकारात्म पक्षमा रहेर गाउँपालिकाभित्र काम गर्ने सस्थालाई गाउँपालिकाको पूर्ण रुपमा साथ दिने उनले बताइन । उमाकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष मानबहादुर सुनुवारले सबैको साथ र सहयोगले पूर्ण सरसफाईमुक्त टोल घोषणा गर्न सम्भव भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी,सबल कार्यक्रमका कार्यक्रम संयोजक दिलबहादुर न्यौपाने, सामुदायिक जनशक्ति बिकास कार्यक्रमा गोल्मटारका सचिब बालकुमार श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीले शौचालयको समुचित प्रयोग गर्ने गराउने, व्यक्तिगत सरसफाई गर्ने गराउने, सुरक्षित पानीमा पहुँच तथा प्रयोग गर्ने गराउने लगायतको ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए

प्रतिक्रिया दिनुहोस्