रामेछापमा २८ हजार घर ठडिए, घर निर्माणमा २ अर्ब ८८ करोड निकासा



२८ चैत्र, रामेछाप ।
भुकम्प गएको चार बर्षको अवधिमा रामेछापमा २८ हजार ४ सय ८ निजी आवासको पुननिर्माण सम्पन्न भएको छ । जिल्लामा ४८ हजार ७७९ लाभग्राही मध्ये ४६ हजार ६७८ लाभग्राहीसँग घर निर्माणको लागि सम्झौता भएको थियो ।

दुई हजार भुकम्प पीडित भने घर निर्माण गर्नको लागि सर्भे गरेर लाभग्राहीको सूचिमा परेपछि सम्झौता गर्न नआएको बताइको छ । भुकम्प गएको चार बर्ष वितिसक्दा समेत अझै १४ घरको पुननिर्माणको काम हुन बाँकी रहेको छ ।


रामेछापमा भुकम्पले क्षति भई पूर्ण रुपमा भत्किएका घर पुननिर्माणका लागि सम्झौता गरेका मध्ये ६०.८५ प्रतिशत घर निर्माण भएका छन् । अझै चालिस प्रतिशत घर निर्माणको काम सन्पन्न हुन सकेको छैन् ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार रामेछापका इन्जिनियर सुरेन्द्र यादवले लाभग्राहीको सुचीमा परेको २ हजार परिवार सम्झौताको लागि नआएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार यस आर्थिक बर्षमा २ अर्ब ८८ करोड १५ लाख रुपैयाँ लाभग्राहीहरुको लागि निकासा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्