रामेछापवासीको मन जितेर विदाइ भए प्रजिअ शर्मा



२८ चैत्र, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा रामेछापवासीको मन जितेर विदाई भएका छन् । गृह मन्त्रालयमा सरुवा भएपछि कर्मचारी मिलन केन्द्रले प्रजिअ शर्मालाई विदाई गरेको हो ।
गत वैशाकमा शर्मा रामेछाप जिल्लाको प्रजिअको रुपमा जिम्मेवारी सम्हालेका थिए । झण्डै एक बर्षको अवधिमा शर्माले रामेछापवासीको मन जित्न सफल भएका छन् ।

उनले जिल्लाको सबै स्थानीय तहबाटै एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण कार्यक्रम सञ्चालन गरेर गाउँघरमा नै नागरिकहरुलाई सहज रुपमा सुविधा उपलब्ध गराएका थिए । प्रजिअ शर्माले बजार अनुगमनलाई प्राथमिकतामा राखेर अनुगमनलाइ निरन्तरता दिदै लागू औषध नियन्त्रणको कार्यक्रम सञ्चालन गरेका थिए । स्थानीय तहको सरकारको बीचमा देखिएको सीमा विवाद समाधान गर्न भूमिका खेलेका उनले स्थानीय सरकारसँग सहकार्य गरेर सेवा प्रवाह सहज बनाउने काम गरेका थिए ।

शर्माले रामेछापको आठ वटै स्थानीय तहमा पुगेर नागरिकहरुको गुनासो सम्बोधन गर्ने सक्रियता देखाएका थिए । विकास निर्माणको काममा देखिएको अवरोध समाधान गर्नेदेखि लिएर नागरिकहरुले सहज ढंगेले सुविधा प्रदान गर्न एक बर्षे कार्यकाल निकै सफल मानिन्छ । विगतमा रामेछापको प्रजिअ भएकाहरु मध्ये शर्मा रामेछापवासीको मन जितेर विदाई भएका छन् ।

प्रजिअ शर्माको गृह मन्त्रालयमा सुरुवा भएको छ । शर्माको सरुवा भएपछि उनको ठाउँमा नयाँ प्रजिअमा गृह मन्त्रालयले लिला केसी पाण्डेलाई पठाएको छ ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले कार्यालयले भोली विदाइको कार्यक्रम राखेको जानकारी दिए । उनले भने,‘आज कर्मचारी मिलन केन्द्रले विदाई कार्यक्रम राखेको हो, भोली विदाई भएर जाने कार्यक्रम छ ।’

प्रतिक्रिया दिनुहोस्