अहा ! उमाकुण्ड गाउँपालिकाभित्र ढकमक लालीगुराँस



राजन महतारा क्षेत्री

३० चैत्र, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहास र प्राकृतिक रुपमा धनी मानिन्छ । प्राकृतिक रुपमा धनी गाउँपालिकाभित्र अहिले मनमोहक बनाइदिएको ढकमल फुलेका लालीगुराँसले । आन्तरिक एवं बाह्य पर्यटकहरु अहिले लालीगुराँसको सौन्दर्य हेर्न लालायित हुने गरेका छन् ।


गाउँपालिकाको ठोसे प्रिती लगायतको अधिकाशं जंगल क्षेत्रमा फुलेका लालीगुराँसले जो कोहीको मन लोभ्याउने गरेको छ । लालीगुराँससगै यहाँका छाङगा छहरा निकै लोभ लाग्दो देखिन्छ । ठोसेबाट देखिने सुलुखुम्बु जिल्लाको महालङगुर हिमालले दृष्यावलोकनले झन रोमाञ्चित बनाउने गरेको छ ।


उमाकुण्ड गाउँपालिकाट नुम्बुर हिमालको समेत दृष्यावलोकन गर्न सकिन्छ । सगरमाथा आरोहण गर्ने क्रममा ठोस वाम्तीभण्डार विगतमा हुने चहलपहल भने अहिले छैन् । काठमाडौंबाट सिधै लुक्लासम्म हवाइ सेवा सुरु भएपछि भने अहिले ठोसे बाम्ती भण्डारमा सञ्चालनमा आएको होटलको व्यापार घटेको छ ।
प्राकृतिक रुपमा धनी उमाकुण्ड गाउँपालिकाभित्र पर्यटक भित्र्याउने काममा लागेको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार बताउछन् । उनले पर्यटकीय क्षेत्रको पहिचान भइसकेकाले अब योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने तयारीमा आफूहरु रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्