गोकुलगंगा गाउँपालिकामा ९ करोडमा ६ वटै वडा कार्यालय बन्ने



२८ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले ६ वटै वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने भएको छ । गाउँपालिकाले इलेक्टोनिक टेन्डर फारम अर्थात ‘इ–विडिङ’ मार्फत ६ वटा भवन बनाउने सूचना प्रकाशित गरेको छ । टेन्टरमा गुन्डाकोको प्रभाव कम गर्न र ठेकेदारको मिलेमतो हुन नदिन गाउँपालिको इ– बिडिङ मार्फत ठेक्का हाल्न भनेको हो ।

गाउँपालिकाको कार्यालय भवन यसै बर्ष निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको १ करोड ६० लाख लगानीमा वीस कोठे प्रिफ्याक भवन निर्माण भएको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले ६ वटै वडा कार्यालय भवन निर्माणको लागि सूचना जारी गरिएको रामेछाप न्युजलाई बताए । गाउँपालिकाभित्र वडा कार्यालयको भवन अभाव भएकाले निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
गाउँपालिकाले वडा नम्बर १ चुचुरे, वडा नम्बर २ ठोसे, वडा नम्बर ३ रस्नालु, वडा नन्मबर ४ बेताली, वडा नम्बर ५ को नामाडी र वडा नम्बर ६ फर्पुमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्