लुक्ला विमान दुर्घटना अपडेटः दुइ पाइटललाई काठमाडौं ल्याइयो



१ वैशाक, काठमाडौं ।
सोलुखुम्बुको लुक्लामा भएको विमान दुर्घटनमा परी तीन जनाको निधन भएको छ । विमान हेलिकोप्टरमा ठोकिर दुर्घटना हुँदा घाइते भएका समिट एयरका पाइलट रविन्द रोकाया, मनाङ एयरका हेलिकप्टर पाइलट चेत गुरुङलाई काठमाडौं ल्याएको छ ।

जहाजका एयर होस्टेज रश्मी लामा भने सामान्य घाइते भएकी छिन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार गम्भीर भएका दुई पाइटलाई उपचारको ग्राण्डी अस्पताल पठाइएको छ ।
आज बिहान लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो । लुक्ला विमानस्थलबाट मन्थलीको लागि उडान भर्ने क्रममा समिट एयर चिप्लिएर हेलिकोप्टरमा ठोकिदा को–पाइलट सुदीप ढुंगाना र प्रहरीका असईद्धय रामबहादुर खड्का र असइ रुद्र बहादुर श्रेष्ठको निधन भएको थियो । समिट एयरकी एयरहोस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्