बुद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा



१ वैशाक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको छ । उहाँले यस बर्षको बजेटमा बृद्धाभक्ता बढने घोषणा गर्नुभएको हो ।
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको आइतवार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले बुढाबुढीको भलो चिताउने सरकार भएकाले बृद्धाभत्ता बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताउदै भन्नुभयो,‘बृद्धभत्ताले बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताउदै कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने विश्वास व्यक्त गर्दै नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य बीमा कार्ड वितरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोल्नु भएको छ । उहाँहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्